बंगलादेश क्रिकेटमा भूकम्प ! खेलाडीहरूले खेल्न अस्वीकार गरे, के होला विश्वकप ?

डिसी नेपाल
१ माघ २०८२ १६:५७
1.5k
Shares

काठमाडौं । बंगलादेशका क्रिकेट खेलाडीहरूले खेल गतिविधि बहिष्कार गरेका छन् । बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम नजमुल इस्लामको एउटा बयानका कारण खेलाडीहरू विद्रोहमा उत्रिएका हुन् ।

बंगलादेश क्रिकेटर्स वेलफेयर एसोसिएसनले बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम. नजमुल इस्लामलाई अल्टिमेटम दिएको छ। संगठनलेले यदि नजमुल इस्लामले बिहीबार दिउँसो १ बजेसम्म आफ्नो पदबाट राजीनामा नदिएमा खेलाडीहरूले सबै प्रकारको क्रिकेट बहिष्कार गर्ने बताएको थियो।

यो अल्टिमेटम स्थानीय समय अनुसार दिउँसो १ बजे सुरु हुने बंगलादेश प्रिमियर लिग खेल अगाडि आएको थियो । तर, इस्लामले राजीनामा नदिएपछि खेल रोकिएको छ । च्टोग्ताम रोयल्स र कोखाली एक्सप्रेसबीच हुनुपर्ने यो खेलका लागि कुनै पनि टिमका खेलाडी मैदानमा नआएपछि खेल हुन सकेन ।

यसअघि सीडब्लुएबी र बीसीबीका अधिकारीहरू बीच वार्ता भएको थियो तर कुनै समाधान निस्कन सकेन। यसपछि सीडब्लुएबीले आफ्नो अडान स्पष्ट पार्न दिउँसो १ बजे शहरको एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्‍यो। खेलाडी खेल्नका लागि मैदानमै नआएपछि बिर्डले इस्लामलाई कारण देखाउ आदेश जारी गरेको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले निर्देशक एम. नजमुल इस्लामले गरेको विवादास्पद टिप्पणीप्रति खेद व्यक्त गरेको छ। बोर्डले एक विज्ञप्तिमा भनेको छ ‘यी टिप्पणीहरूले बोर्डको आधिकारिक अडानलाई प्रतिबिम्बित गर्दैनन्। बोर्डले खेलाडीहरूलाई अपमान गर्ने वा बंगलादेश क्रिकेटको प्रतिष्ठामा हानि पुर्‍याउने व्यवहारको लागि अनुशासनात्मक कारबाही गर्ने चेतावनी दिएको छ।’

इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका फास्ट बलर मुस्तफिजुर रहमानलाई टिमबाट निकालेपछि दुई देशबीचको क्रिकेट सम्बन्धमा तनाव देखिएको छ । बंगलादेशको राष्ट्रिय टोलीका सिनियर खेलाडी तमिम इकबालले यो विवाद समाधान गर्न वार्ताको लागि आह्वान गरेका थिए । जवाफमा इस्लामले तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेका थिए। उनको यही भनाइपछि खेलाडिहरू विद्रोहमा उत्रिएका हुन् ।

बंगलादेश आफ्ना खेलाडीलाई विश्वकप खेल्न भारत पठाउन पनि तयार छैन । बीसीबीले खेलाडी सुरक्षा चिन्ताहरू उद्धृत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई खेलहरू भारतबाट बाहिर सार्न अनुरोध गरेको छ। यद्यपि, आईसीसीले स्थल परिवर्तन गर्ने बीसीबीको अनुरोधलाई अस्वीकार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.