धरान उपमहानगर प्रमुख राई सम्मानित

डिसी नेपाल
१ माघ २०८२ २०:१३
44
Shares

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन्।

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उहाँलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो।

उपमहानगरपालिका प्रमुख राईलाई रु दुई लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ। सम्मान ग्रहण गर्दै उनले आफू सधैँ श्रममा विश्वास गर्ने बताए।

‘म श्रम र कर्ममा विश्वास गर्छु । साकेला सिली पनि श्रम नै हो जस्तो लाग्छ। धान रोप्ने, काट्ने, कोदो रोप्ने जस्ता कृषि कर्महरू हाम्रो पिता पुर्खादेखि चलिआएका अभ्यास हुन्’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.