पको ठक्करबाट महिलाको मृत्यु

डिसी नेपाल
१ माघ २०८२ २२:१७
300
Shares

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आउँदै गरेको बा१६च ४७४० नम्बरको जिपले अर्याललाई ठक्कर दिएको थियो।

घाइते अर्यालको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.