कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।
सेरो पान्तडी सडक खण्ड निर्माण गर्ने व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप दुर्घटना भएको प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए। उनका अनुसार सडकबाट ३ सय मिटर तल तिला नदी किनारा नजिक ३ जनाको लास भेटिएको हो। दुर्घटनामा थप एक जना घाइते भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment