मधेश प्रदेश सभाले मनायो प्रदेश नामाकरण र राजधानी कायम दिवस

डिसी नेपाल
३ माघ २०८२ १६:४१
24
Shares

जनकपुर । मधेश प्रदेशको नामकरण र राजधानी जनकपुर कायम गरिएको दिनको स्मरणमा मधेश प्रदेश सभाले आज (शनिबार) प्रदेश नामाकरण र राजधानी कायम स्मरणीय पावन दिवस मनाएको छ।

माघ ३ गत्तेको दिन प्रदेश नं.२ ले मधेश प्रदेशके नाम पाएको थियो। सोही दिनलाई ऐतिहासिक दिनको संज्ञा दिँदै मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले वृक्षारोपण गरेका छन्।

उनले मधेश प्रदेश सभाको परिसरमा विभिन्न बोट बिरुवा रोपेका छन्। उनले मधेश प्रदेशको नामाकरण हुनु र राजधानी जनकपुर हुनु संघीयतको प्रतीक रहेको बताए। उनले आजकै दिनले गणतन्त्र संसथागत गरेको धारणा राखे। उनले यस वर्ष वृक्षारोपन कार्यक्रम मात्र गरिएको भएपनि अर्को वर्षदेखि आजको दिनमा भव्य कार्यक्रम आयोजना गर्ने जानकारी दिए।

सभामुख यादवले निवर्तमान सभामुख सरोज कुमार यादवलाई गमछा ओढाएर सम्मान गरेका थिए। वृक्षारोपन कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री महेश प्रसाद यादवलगायत मधेश प्रदेशका सांसदहरुको उपस्थिती रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.