गगन थापा सभापति भएपछि नेपाली कांग्रेस धनुषाद्वारा खुसीयाली मनाइयो
जनकपुर। गगन थापा सभापति चयन भएकोमा नेपाली कांग्रेस धनुषाले खुसीयाली मनाएको छ।
शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरूले खुसीयाली मनाउँदै मिठाई पनि बाँडेका छन्।
सो अवसरमा नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवं जनकपुरधामका मेयर मनोज कुमार साहले निर्वाचन आयोगले विधि सम्मत रहेर गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राखे। उनले नेपाली कांग्रेस विभाजनका लागि विशेष अधिवेशन नभएको बताए।
गगन थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिँसाबले काम गरेको नगर सभापति साहको भनाई छ। उनले धनुषा क्षेत्र नं. ३ बाट पहिला पनि एकल नाम बिमलेन्द्र निधिको सिफारिस गरिएकोमा उनले गगन थापासंग टिकट लिएर चुनाव लड्न आए सम्पूर्ण धनुषाका कांग्रेसले सहयोग गर्ने बताए। उनले पार्टीका शिर्ष नेताहरुलाई अभिभावकको रुपमा राखेर संरक्षक सरह सम्मान दिने बताए।
नगर सभापति साहले पार्टीमा सबै जनाको पदोन्नती हुनु पर्ने धारणा राखे। उनले कुनै पनि पदमा एकलौटी बसिरहनु उचित नरहेको बताए। नेपाली कांग्रेस संगठित भएर थप मजबुत हुनुपर्नेमा नगरसभापति साहले जोड दिए।
त्यस्तै, नेपाली कांग्रेस धनुषाका उपसभापति गणश झाले चुनाव चिन्ह र झण्डाको विषयमा झगडा र विरोध नर्गन आग्रह गरे। उनले नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरुमा तत्काल असन्तुष्ठि भएपनि नियम सम्मत गरिएको निर्णयहरुलाई सबैले मान्नुपर्ने धारणा राखे। उनले एक वर्ष भित्र फेरि अधिवेशन हुने जानकारी दिए। उनले देशमा अन्य पार्टीहरु प्रतिस्पर्धामा उत्रेको बेला नेपाली कांग्रेसले आफैँभित्र मनमुटाव राख्न नहुने बताए। उनले सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुन आग्रह गरे।







डिसी नेपाल








Facebook Comment