जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश, दुवै ओलीको मन्त्रिपरिषदमा मन्त्री थिए

डिसी नेपाल
५ माघ २०८२ ११:४३
624
Shares

काठमाडौं । जनता समाजवादी पार्टी र जनता समाजवादी नेपालका १-१ जना पूर्वमन्त्री नेकपा एमाले प्रवेश गरेका छन् । यी दुवै पूर्वमन्त्रीहर केपी ओलीकै मन्त्रिपरिषदमा मन्त्री थिए ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई र जसपाबाट उपेन्द्र यादवको जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव एमाले प्रदेश गरेका हुन् ।

मोहम्मद इश्तियाक राई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मजफोको उम्मेदवार भएर बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि २०६८ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बने । २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री भए ।

प्रदीप यादव गएको भदौमा जेन-जी आन्दोलनले अपदस्थ गरेको ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । पदबाट हटाइऊदा उनी अशोक राईको जसपामै थिए । आन्दोलनपछि यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्य थिए ।

ओलीले राईलाई बाँके २ बाट उम्मेदवार बनाउन लागेको बताइएको छ । एमालेले यहाँ कसैलाई टिकट दिएको छैन र अध्यक्षले टुंग्याउने गरी होल्ड राखेको छ । अघिल्लो चुनाबमा यही क्षेत्रमा जसपा नेपालका उम्मेदवार रहेका राई राप्रपाका धवलसमशेर राणासँग हारेका थिए ।

यस्तै प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् । स्रोतका अनुसार ओलीले टिकट दिने वचन पनि दिइसकेका छन् । अघिल्लो चुनाबमा यादवले यही क्षेत्रमाट चुनाब जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.