पूर्णबहादुर खड्का चुनाब नलड्ने

डिसी नेपाल
५ माघ २०८२ १४:०७
584
Shares

काठमाडौं । नेपाली कांग्रेसको विघटित केन्द्रीय समितिका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का आगामी प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । पार्टीको नवनिर्वाचित कार्यसमितिलाई अवैध भन्दै अदालतमा मुद्दा हालेपछि सोही कार्यसमितिको टिकटमा चुनाब लड्न नैतिकताले नमिल्ने भन्दै खड्का २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

खड्काको नाम सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको थियो । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाब जितेर सांसद थिए । स्रोतका अनुसार खड्का नवनिर्वाचित कार्यसमितिविरुद्ध अदालत जाने पक्षमा पनि थिएनन् । तर निबर्तमान सभापति शेरबहादुर देउवाको दबाबमा अदालत गएका थिए । उनी चुनाब नलडे पनि पार्टीको प्रचारमा भने सहभागी हुने स्रोतले बताएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.