गजल
तिमी पनि जाने गरि आएको हो मित्र
तिमीले बिर्स्यौ र सम्झाएको हो मित्र
खाँदैन मृत्युले कसै सँग घुस खाँदैन
पैसाको ध्वाँस किन लगाएको हो मित्र
बहादुर नै हौ भने वैरी सँग भिड्न जाउ
बुढो बाउलाई के हात उठाएको हो मित्र
तिमी भन्दा अलि टाढा पुग्ने मान्छे हो म
मलाई पापी समयले लडाएको हो मित्र
कालो तिम्रै निधारमा पोतिएको थियो
पलाँसले फगत ऐना देखाएको हो मित्र ।
हाल : अमेरिका
प्रतिक्रिया
















Facebook Comment