एमाले अध्यक्ष ओलीद्वारा झापा क्षेत्र नं. ५ मा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण

डिसी नेपाल
६ माघ २०८२ १४:२५
28
Shares

काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गरेका छन्।

जेन-जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले क्षति भएको सम्पतीको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताए।

गत भदौमा भएको युवा नेतृत्वको जेन-जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो। सो घटनापछि ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्ध लगाइएको थियो। जुन हालै मात्र हटाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.