राष्ट्रिय काष्ठमण्डप कराँते बुधबारदेखि

डिसी नेपाल
६ माघ २०८२ २१:३०
16
Shares

काठमाडौं । नेपाल सितोरियो कराँते सङ्घ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता हुने भएको छ।

बुधबारदेखि हुने प्रतियोयितामा नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी (एपीएफ) गरी १० टोलीबाट २१० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रामकुमार थारुले जानकारी दिए। प्रत्येक टोलीबाट २१ खेलाडी सहभागी हुने उनले बताए।

त्यस क्रममा पुरुषमा नौ र महिलामा आठ गरी १७ स्पर्धामा खेल हुनेछन्। टोली विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.