मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
८ माघ २०८२ ११:५४
12
Shares

मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए।

प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा सहचालक रोहनको बिहीबार बिहानै मृत्यु भएको हो। घाइते पासवान र साहको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.