उम्मेदवारी फिर्ता लिन पुग्दा समय गुज्रियो, महावीरलाई सघाउने भनेकाहरू उम्मेदवार कायमै

डिसी नेपाल
९ माघ २०८२ १६:१९
1.5k
Shares

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजाको उम्मेदवारी कायमै रहेको छ ।

उनीहरू उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले तोकेको समयभित्र निर्वाचन कार्यालय नपुगेका कारण उम्मेदवारी कायमै रहेको हो । निर्वाचन आयोगलेले उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजे कार्यालय खुलेपछि दिउँसो १ बजेसम्मको समय दिएको थियो ।

म्याग्दीका यी दुई उम्मेदवारले विज्ञप्ति नै जारी गरेर उम्मेदवारी फिर्ता लिने बताएको भए पनि समयभित्र उम्मेदवार उपस्थित नभएपछि आयोगमा उनीहरूको उम्मेदवारी कायम भएको छ । समयभित्रै कार्यालय पुगेका स्वतन्त्र उम्मेदवार नवीन जीसीको उम्मेदवारी भने फिर्ता भएको छ । जीसीको उम्मेदवारी फिर्तापछि म्याग्दीमा १२ उम्मेदबार कायम भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.