राष्ट्रिय एकता निर्माणमा जोड दिन नेता सिटौलाको आग्रह

डिसी नेपाल
९ माघ २०८२ १५:०९
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश निर्वाचनको चरणमा प्रवेश गरिसकेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सिटौलाले निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सक्नुपर्नेमा जोड दिए।

उनले भने, ‘देश निर्वाचनमा प्रवेश गरेको छ। यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस्। सबै राजनीतिक दलहरु, सबै सांसदहरु मिलेर नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल दिनप्रतिदिन कमजोर हुँदै जान्छ। हरेक राजनीतिक दलभित्र पनि एकता चाहिएको छ। समग्र राजनीतिक दलहरुभित्र पनि एकता चाहिएको छ।’

उनले सबै राजनीतिक दल र सांसदहरू नीतिगत तहमा एकताबद्ध हुन नसके नेपाल दिनप्रतिदिन कमजोर बन्दै जाने चेतावनी दिए। साथै, प्रत्येक राजनीतिक दलभित्र र समग्र राजनीतिक प्रणालीमै एकता आवश्यक रहेको उनले उल्लेख गरे।

नेता सिटौलाले राजनीतिक दलका नेताहरूले एकअर्कालाई गाली गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले सबै दलका उम्मेदवारलाई जनताको माझमा पुगेर विश्वास र मन जित्ने प्रयास गर्न आग्रह गरे।

शान्तिपूर्ण र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘राजनीतिक दलका व्यक्तिहरुले एक अर्कालाई गाली गर्ने भन्दा पनि जनताको माझमा पुग्ने सबै राजनीतिक दलका उम्मेदवारहरुलाई यो आग्रह पनि छ। जनताको मन जित्ने, विश्वास जित्ने प्रयास सबै राजनीतिक दलहरुले गर्नुपर्छ। शान्तिपूर्ण निष्पक्ष ढंगले निर्वाचन सम्पन्न हुन सकोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.