भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

डिसी नेपाल
९ माघ २०८२ १९:२७
4
Shares

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ।

मतदानका लागि उपकेन्द्र भने थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमख प्रकाश मगरले जानकारी दिए। उनले यसअघि दुई सय २२ वटा मतदान उपकेन्द्र रहेकामा यस वर्ष १३ वटा थप गरी दुई सय ३५ पुर्‍याइएको बताए। उनका अनुसार क्षेत्र नं १ र २ मा गरी दुई लाख पाँच हजार ४१० जना मतदाता छन्।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ वटा मतदानस्थल र एक सय १९ मतदान केन्द्र निर्धारण गरेको मगरले जानकारी दिए। उनका अनुसार निर्वाचन क्षेत्र नं २ का लागि ३९ मतदानस्थलमा एक सय १४ मतदान केन्द्र निर्धारण गरेको छ। कार्यालय प्रमुख मगरले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पूर्ण परिपालनका लागि उम्मेदवार एवं दलहरूलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.