हजार बढी प्रहरी सहायक हवल्दारको बढुवा र पदस्थापन
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूहअन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो।
प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ।
बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाइने व्यवस्था गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment