बंगलादेशले आइसीसीलाई भन्यो – ‘विश्वकपबाट हटाउने निर्णय स्वीकार छ तर भारतमा खेल्दैनौं’

डिसी नेपाल
११ माघ २०८२ १२:४९
252
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसीले) टी-२० विश्वकप २०२६ बाट बंगलादेशलाई बाहिर राख्ने निर्णयलाई बंगलादेश क्रिकेट बोर्डले आधिकारिक रूपमा स्वीकार गरेको छ। आइसीसीले अर्को महिना भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा बंगलादेशको स्थान स्कटल्याण्डले लिने पुष्टि गरेको छ।

घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै बीसीबीले आफ्नो माग पूरा नभए पनि आईसीसी बोर्डको अन्तिम निर्णयको सम्मान गर्ने बताएको छ । बंगलादेशका खेलहरू अर्को देशमा स्थानान्तरण गर्न वा समूह परिवर्तन गर्न आईसीसीले अस्वीकार गर्दा बोर्डसँग निर्णय स्वीकार गर्नुको विकल्प थिएन।

बीसीबी मिडिया कमिटीका अध्यक्ष अमजद हुसेनले भने – बोर्डले यो अवस्थामा पुग्नु अघि सम्भव भएसम्म सबै प्रयास गरेको थियो। हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गर्यौं। हामी आईसीसी बोर्डको पूर्ण सम्मान गर्छौं। बोर्डको बहुमतको राय थियो कि खेल सार्न सकिँदैन। त्यसबेला पनि हामीले हाम्रो स्तरमा अनुरोध गर्यौं तर तिनीहरू यो गर्न इच्छुक नभएकोले हामीसँग अरू केही गर्न बाँकी छैन।”

अमजद हुसेनले पुष्टि गरे – “बीसीबीले अब आईसीसीको निर्णयलाई पूर्ण रूपमा स्वीकार गरेको छ र कुनै पनि अपील वा मध्यस्थता कार्यवाही अगाडि बढाउने छैन। हामीले आईसीसी बोर्डको निर्णय स्वीकार गरेका छौं। हामीले सरकारसँग कुरा गरेका छौं। सरकार भन्छ – विश्वकप खेल्न भारत यात्रा गर्नु हाम्रा खेलाडीहरू, पत्रकारहरू र टोलीसँगै आउने जो कोहीको लागि सुरक्षित हुनेछैन।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.