प्रचण्डको क्षेत्रमा एमालेको अर्कै दलसँग गठबन्धन

डिसी नेपाल
११ माघ २०८२ १६:२७
4.2k
Shares

काठमाडौं । एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग केही स्थानमा गठबन्धन गर्ने भएको छ । रुकुम पूर्व र पश्चिममा नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको हो ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा संदिप पुन उम्मेदवार छन् ।

रूकुम पूर्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उम्मेदवारी दर्ता गर्नु अघिसम्म प्रचण्डसँग गठबन्धन हुन सक्ने आशामा रूकुम पूर्वमा उम्मेदवार तय नगरेको एमालेले अन्ततः प्रचण्डका विपक्षीसँग गठबन्धन गर्ने भएको हो । रुकुम पूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.