माफी माग्न पत्रिकामा फूल पेज विज्ञापन

डिसी नेपाल
१३ माघ २०८२ १५:१९
3.7k
Shares

काठमाडौं । विवादास्पद र्यापर कान्ये वेस्टले आफ्ना यहूदीविरोधी टिप्पणीका लागि माफी माग्दै आफू नाजी नभएको दाबी गरेका छन्। उनको माफीनामा पत्र लामो समयसम्मका अपमानजनक भनाइहरूपछि र नयाँ एल्बम सार्वजनिक हुनुअघि आएको हो।

कान्ये वेस्टले वाल स्ट्रिट जर्नलमा पूर्ण पृष्ठको विज्ञापन प्रकाशित गर्दै विगतका यहूदीविरोधी टिप्पणीबारे माफी मागेका छन्। उनले यसलाई “चार महिनासम्मको मानसिक असन्तुलन, शंकालु र आवेगपूर्ण व्यवहार” को परिणाम भन्दै आफूले “यथार्थसँगको सम्पर्क गुमाएको” बताएका छन्।

पत्रिकाको जनवरी २६ को संस्करणमा प्रकाशित लामो माफीपत्र “जसलाई मैले चोट पुर्याएँ” शीर्षकमा लेखिएको छ। यसमा उनले पहिले अस्वीकार गरेको आफ्नो बाइपोलार टाइप-१ रोगको विवरण सार्वजनिक गरेका छन्। वेस्टले २५ वर्षअघि भएको कार दुर्घटनाको उल्लेख गर्दै त्यसले उनको मस्तिष्कको दायाँ फ्रन्टल लोबमा चोट पुर्याएको बताएका छन्।

उनले लेखेका छन्: “पूर्ण स्क्यानहरू गरिएनन्, न्युरोलोजिकल परीक्षण सीमित भए र फ्रन्टल-लोब चोटको सम्भावना कहिल्यै उठाइएन। यसलाई २०२३ सम्म सही रूपमा निदान गरिएन। त्यो चिकित्सकीय बेवास्ताले मेरो मानसिक स्वास्थ्यमा गम्भीर असर गर्‍यो र अन्ततः बाइपोलार टाइप-१ को निदान भयो।”

उनले थपे: “बाइपोलार डिसअर्डरसँग आफ्नै बचाव प्रणाली हुन्छ—अस्वीकार। जब तपाईं यसबाट ग्रसित हुनुहुन्छ, तपाईंलाई बिरामी भएको महसुस हुँदैन। तपाईंलाई लाग्छ अरू सबैले बढी प्रतिक्रिया दिइरहेका छन्। तपाईंलाई लाग्छ संसार अझ स्पष्ट देख्दैछौं, तर वास्तवमा तपाईं पूर्ण रूपमा नियन्त्रण गुमाउँदै हुनुहुन्छ।”

उनले भने: “जसलाई म सबैभन्दा बढी माया गर्छु, तिनैलाई मैले सबैभन्दा खराब व्यवहार गरेँ। तपाईंहरूले भय, भ्रम, अपमान र थकान सहनु भयो—कहिलेकाहीँ मलाई चिन्नै नसकिने अवस्थामा पुग्नुभयो । पछाडि फर्केर हेर्दा, म आफ्नै वास्तविक अस्तित्वबाट टाढा भएको थिएँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.