निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री
महोत्तरी। परराष्ट्रमन्त्री बालानन्द शर्माले आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व रहेको बताएका छन्।
बुधबार महोत्तरीका भारतीय सीमावर्ती मतदानस्थलको स्थलगत निरीक्षणपछि जलेश्वरमा जिल्लास्थित सुरक्षा अधिकारी तथा सञ्चारकर्मीसँग मन्त्री शर्माले सरकार भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
“मुलुक अब निर्वाचनमा होमिएको छ, यो निर्वाचन मुलुकको स्थिरता र लोकतन्त्रको रक्षाका लागि सम्पन्न गरिनु पर्छ”, मन्त्री शर्माले भने, “यसका लागि सुरक्षा निकायले आपसी समन्वय र सुरक्षा प्रबन्ध सुदृढ गर्नुपर्छ।”
यसअघि प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीसाथ मन्त्री शर्माले भारतीय सीमासँग जोडिएका जलेश्वर नगरपालिकाका मलिबारा र नैन्ही मतदानस्थलको स्थलगत निरीक्षण गरेका थिए।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीका चारवटै क्षेत्रमा २५८ मतदानस्थलमा ५३६ मतदानकेन्द्र निर्धारण गरिएको छ। त्यसमध्ये १६३ अति संवेदनशील र ८९ संवेदनशील मतदानस्थलका वर्गीकरण गरिएको छ।







डिसी नेपाल








Facebook Comment