चीनको सत्तामा गम्भीर किचलो, सेनाका उच्च जर्नेल पक्राउ
काठमाडौं। आन्तरिक कुराहरु ज्यादै गोप्य राख्ने चीनको सत्ताको प्रयासका बावजुद चिनियाँ सेनाका अतिउच्च कमाण्डर पक्राउ भएको खवर सर्वजानिक भएको छ।
चीनको संविधानअनुसार,राष्ट्रपति चिनियां सेनको सर्बोच्च कमाण्डर हुन्छ। राष्ट्रपति सी जिनपिङपछिका उच्च कमाण्डर रहेका जनलर झाङ युक्सिया पक्राउ परेका छन्। जनलर झाङ चिनियाँ सैन्य आयोगका उपाध्यक्ष हुन्। सो आयोगका अध्यक्ष राष्टपति सी जिनपिङ नै छन्।
जनलर झाङ राष्ट्रपति सीको आदेशले पक्राउ परेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्। रोयटर्सका अनुसार, राष्ट्रपति सीका अत्यन्त निकटस्थ मानिँदै आएका जनरल झाङमाथि सैनिक अनुशासन र कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ।
उनीसँगै जनरल लिऊ जेन्लीलाई पनि बर्खास्त गरिएको छ। र, यी दुबैजनामाथि अनुसन्धान जारी छ। गत आइतवार यो घटना बाहिरिएपछि चीनको सत्ताभित्र किचलो गम्भीररुपमा अघि बढेको देखिएको छ। जनलर झाङ चिनियाँ सत्तारुढ दल कम्युनिष्ट पार्टीको सर्बोच्च निकाय पोलिटव्युरोमा पनि उच्च पदमा रहेका व्यक्ति हुन्।
अतिउच्च तहका सैनिक जनरलहरु पक्राउ गरिनुले चीनको सत्तामाथि आन्तरिकरुपमा चुनौतीहरु बढ्दै गएको विश्लेषण हुन थालेको छ। झण्डै दुई दशकदेखि चीनको सत्तामा रहेका राष्ट्रपति सीको नेतृत्वमाथि आन्तरिकरुपमै प्रश्नहरु दह्रो गरी उठ्न थालेको संकेतका रुपमा यो घटनालाई हेरिएको छ।
सत्ता संकट धेरै गहिरो नहुँदो हो त राष्टपति सी ले यति उच्चतम सैनिक अधिकृतमाथि कारवाहीको कदम चाल्दैन थिए।







डिसी नेपाल








Facebook Comment