शहीदको सम्झनामा यसरी मनाइयो शहीद दिवस (तस्बिर)

डिसी नेपाल
१६ माघ २०८२ १२:४६
4
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेकी छन्। सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

हरेक वर्ष काठमाडौं महानगरपालिकाले माघ १० गतेदेखि  सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो। शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।
सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता रहेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने बताइन्। सरकारले सहिद दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.