राजनीतिक दल कहिल्यै नयाँ वा पूरानो भन्ने हुँदैन : डा.राजन भट्टराई

डिसी नेपाल
१७ माघ २०८२ १५:२३
24
Shares

काठमाडौं। नेकपा (एमाले)का काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार डा. राजन भट्टराईले चुनावका बेला नयाँ र पुराना दलको नाममा जनतालाई अल्मल्याउने प्रयास भइरहेको टिप्पणी गरेका छन्।

शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा बोल्दै भट्टराईले राजनीतिक दल कहिल्यै नयाँ वा पुरानो नहुने तर्क गरेका हुन्।

उनले भने, ‘हामी यो चुनावको कुरा गरिरहँदा केही शक्तिहरू विभिन्न नारा बोकेर भ्रम छर्ने प्रयास गरिरहेका छन्,’ उनले थप भने, ‘दल नयाँ र पुराना हुँदैनन्। राजनीतिक दल कहिल्यै नयाँ र पुरानो हुँदैन।’

नेता भट्टराईले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै अमेरिका, बेलायत र थाइल्याण्डजस्ता मुलुकमा सयौँ वर्षदेखि एउटै दलहरूले शासन गर्दै आएको उल्लेख गरे।

‘अमेरिकामा २५० वर्षभन्दा बढी समयदेखि रिपब्लिकन र डेमोक्रेटले शासन गरिरहेका छन्, बेलायत र थाइल्याण्डमा पनि सयौँ वर्ष पुराना दलहरू सत्तामा छन्,’ उनले भने।

नेपालमा भने नयाँ र पुराना दल भन्दै जनतालाई भ्रममा पार्ने दुष्प्रयास भइरहेको भन्दै त्यसबारे गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘राजनीतिक दल त्यतिबेला पुरानो ठहरिन्छ, जतिबेला उसले बोकेको विचार असान्दर्भिक हुन्छ र कार्यक्रम जनताको हितमा हुँदैन।’
नेता भट्टराईले विचार र कार्यक्रम सान्दर्भिक भए दल सधैं नयाँ रहने उल्लेख गर्दै कार्यकर्तालाई जनतामाझ सही सन्देश पुर्‍याउन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.