पूर्वमन्त्री मेटमणि चौधरीलाई आफ्नै चुनाबी कमाण्डरले धोका दिए

डिसी नेपाल
१८ माघ २०८२ १०:२७
1.6k
Shares

काठमाडौं । डाङ-१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मेटमणि चौधरीले आफ्नै चुनाबी कमाण्डरबाट धोका पाएका छन् । चौधरीको प्रचार समितिका संयोजक नै विपक्षी उम्मेदवार कुलप्रसाद केसीजाई जिताउने अभियानमा लागेका छन् ।

दाङ-१ मा नेकपाले प्रदेशसभा सदस्य तथा राप्ती गाउँपालिका इञ्चार्ज श्यामेश चौधरीलाई निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिको संयोजक बनाएको थियो । तर उनले कुलप्रसाद केसीलाई जिताउन आफू सक्रिय हुने बताएका छन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका केसी नेकपाबाट टिकटका आकांक्षी थिए तर पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार बनेका छन् ।

श्यामेश चौधरीले शुक्रबार लमहीमा पत्रकार सम्मेलन गरेरै आफूले केसीलाई सघाउने बताएका छन् । उनले दाङको देउखुरीमा प्रदेश राजधानी ल्याउने कुरामा केसीले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसपटक उनैलाई जिताउनुपर्ने र आफू यसमा सक्रिय हुने बताएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.