बाबुराम भट्टराईले गोरखामा कसलाई समर्थन गर्दैछन् ?

डिसी नेपाल
१८ माघ २०८२ १०:५६
504
Shares

काठमाडौं । गोरखा २ मा उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि अहिले गोरखामा प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार छैनन् । भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि क्षेत्र नम्बर १ मा प्रलोपाका उम्मेदवार रहेका गोपालबाबू श्रेष्ठले पनि ‘मुख्य मान्छै नै नभएपछि म पनि लड्दिन’ भन्दै उम्मेदवारी फिर्ता गर्दा अहिले गोरखामा प्रलोपाको उम्मेदवार छैन ।

२०६४ को संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा-२ मा देशमै सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार र आफ्ना विपक्षीलाई सबैभन्दा धेरै मतले हराउने उम्मेदवारको रूपमा २ रेकर्ड बनाएका थिए । अहिले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि यहाँ भट्टराईको समर्थन आफ्नो दललाई रहेको दाबी अरू दलले गरेका छन् ।

यद्यपि प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले भने कुनै दल वा उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । पार्टीले जिल्लामा प्रत्यक्ष उम्मेदवार नभएपछि समानुपातिक उम्मेदवारलाई लिएर मत माग्न जाने भएको छ । पार्टीले समानुपातिक उम्मेदवार लिएर मत माग्न जाँदा मतदाताले दिएको सुझावको आधारमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्न सक्ने भट्ट बताउँछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.