चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव

डिसी नेपाल
१८ माघ २०८२ १६:३७
24
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाउनुपर्ने बताएका छन्। अध्यक्ष यादवले एक भिडियो सन्देश जारी गर्दै चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाई त्यसमाथि भइरहेको छेडखानी बन्द गर्नुपर्ने बताएका हुन्।

अध्यक्ष यादवले भने, ‘विगतका सरकारले ल्याएका भूमि सम्बन्धी गलत नीतिका कारण बन र चुरे क्षेत्रको विनाश भएको छ। बन र चुरे क्षेत्रको विनाशले गर्दा तराई मधेश मरुभूमिकरण हुँदै गएको छ।’

वन विनाश र चुरे क्षेत्रबाट बग्ने खोलानदीको अनियन्त्रित उत्खनन् रोकी तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउनुपर्नेमा अध्यक्ष यादवको जोड रहेको छ।

जसपा नेपालले चुरे क्षेत्रको संवेदनशीलता बुझेरै विगतमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश र विधेयक पार्टीले रोकेको उनको भनाइ छ।
जसपा नेपालले वन तथा चुरे क्षेत्र तथा जैविक विविधता र पर्यावरण संरक्षणको विषयलाई पार्टीले चुनावी प्रतिबद्धतापत्रमा पनि समेटिएको नेता पूर्ण बस्नेतले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.