कसुरजन्य सम्पतिको एकिकृत विवरणको लागि प्रणाली विकास गर्न गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
१८ माघ २०८२ २०:१०
44
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धानकारी निकायहरुबाट प्राप्त रोक्का तथा नियन्त्रण सम्बन्धी र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकिकृत विवरणको प्रणाली यथासिघ्र तयार गर्न निर्देशन दिएका छन्।

कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने/गराउने जिम्मेवारी प्राप्त गरेको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमन गरी विभागको कार्यप्रगतिबारे जानकारी लिने क्रममा मन्त्री अर्यालले विभागमा विभिन्न निकायबाट प्राप्त हुन आउने कसूरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापनको लागि निर्देशन दिएका हुन्।

गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय शाखा प्रमुख लगायतका उच्च अधिकारी सहितको टोली लिई अनुगमनको लागि पुग्नुभएका मन्त्री अर्याललाई विभागका महानिर्देशकले विभागको कामकारवाही र प्रगतीबारे जानकारी गराए।

कसूरजन्य सम्पत्ति तथा साधन व्यवस्थापनसम्वन्धी मार्गदर्शन, २०८२ बमोजिम गठन हुने निर्देशक समितिको अध्यक्षको हैसियतले मन्त्री अर्यालले सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट नेपाललाई निकाल्ने सम्बन्धमा विभागको भूमिका महत्वपूर्ण हुने बताउँदै विभागको कामलाई थप प्रभावकारी बनाउने सम्बन्धमा कार्ययोजना बनाई पेश गर्न निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.