मोटरसाइकलको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

डिसी नेपाल
१८ माघ २०८२ २२:०४
564
Shares

झापा । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ निवासी ६४ वर्षीय कुलप्रसाद खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो।

आज साँझ ६:२० बजेको समयमा मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर-२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री खरेललाई ठक्कर दिएकोमा घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा चोट लागेकोले गम्भीर अवस्थामा प्रादेशिक अस्पताल भद्रपुरमा पुर्‍याएको र त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार भद्रपुर-६ निवासी २१ वर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.