साइबर ब्यूरो रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति

डिसी नेपाल
१८ माघ २०८२ २३:०३
68
Shares

काठमाडौं। गृह मन्त्रालयले काठमाडौं महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ। यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो।

आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को चार आना, दुई पैसा एक दाम भएको जग्गा र सो जग्गामा बनेको भवन कामपालाइई प्रयोग गर्न दिने गरी सहमति दिएको हो। समरजङ्ग कम्पनीका नाममा रहेको उक्त जग्गा निर्मित भवनमा वडा कार्यालय राख्न कामपाले माग गरेको थियो। सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ। यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नुपर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग कामपाले सहमतिका लागि माग गरेको हो।

निर्णयका बारेमा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अन्तरसरकार समन्वय, सहकारिता र साझेदारिताको सफल अभ्यास गरिएको प्रतिक्रिया दिए। ‘नागरिकको सेवा सहजताका लागि आपसी सम्बन्धबाट प्रतिफल दिन महानगरपालिका सदैव तत्पर छ,’ उनले भने।

बैठकले, रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न कामपाले सहमति प्रदान गर्ने निर्णय भएको छ। यसरी सहमति प्रदान गरिएको जमिनमध्ये कम्तीमा आठ आना जमिनमा समरजङ्ग कम्पनी कार्यालय र बाँकी जमिनमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपभोग गर्नेगरी प्रक्रिया अगाडि बढाइने बैठकले निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.