मौसम पूर्वानुमान : हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ। साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ।
महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment