बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

डिसी नेपाल
१९ माघ २०८२ ११:२२
4
Shares

सिमरा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन्। सोमबार बिहान उनी बारा पुगेका हुन्। उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो।

सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए। उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौं। पहिलो पटक म सिमरामा आएको छु। अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो।’

पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र प्रतिस्पर्धा गरेको जानकारी दिँदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित्ने अपेक्षा गरेको पनि उनको भनाइ छ। साथै, उनले देश र जनताको माग अनुसार सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले रास्वपामा गएको भन्दै त्यो सहमती कार्यान्वयन नभएको पनि बताए।

उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ। जनताले गर्नुभएको निर्णय मान्न तयार छौं। जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.