सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

डिसी नेपाल
१९ माघ २०८२ २०:२१
4
Shares

काठमाडौं। श्रीलङ्काको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ।

यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको आज विदाइ गरिएको हो। नेपाली टोलीमा पुरुष खेलाडीमा दिपेशजङ्ग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन्। महिलामा सुमित्रा डङ्गोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन्। पुरुष÷महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

अफिसियलमा नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टोली व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज आयोजित एक कार्यक्रममा बिदाइ गरे। टोली बुधबार श्रीलङ्का जाने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.