नर्वेका राजकुमार पक्राउ, बलात्कारसहित ३८ मुद्दा चलाइने

डिसी नेपाल
२० माघ २०८२ १३:३७
260
Shares

काठमाडौं । नर्वेका युवराज्ञीका छोरा मारियस बोर्ग होइबीलाई बलात्कारको मुद्दा सुरु हुनुभन्दा केही दिनअघि नयाँ आरोपमा पक्राउ गरिएको छ।

ओस्लो प्रहरीले आइतबार साँझ आक्रमण, चक्कु देखाएर धम्की दिएको र अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा उनलाई हिरासतमा लिइएको बताएको छ।

उनको मुद्दाको सुनुवाइ हुनुभन्दा दुई दिनअघि मात्र उनलाई पक्राउ गरिएको हो। होइबीमाथि कुल ३८ वटा आरोप लगाइएको छ, जसमा बलात्कार, पूर्व पार्टनर विरुद्ध घरेलु हिंसा र धेरै महिलाहरूलाई उनीहरूको जानकारी वा अनुमति बिना अवैध रूपमा भिडियो खिच्ने चारवटा आरोपहरू समावेश छन्।

मारियस होइबीलाई आफ्नी प्रेमिकालाई आक्रमण गरेको आरोपमा अगस्ट ४, २०२४ मा पक्राउ गरिएको थियो। त्यसबेलादेखि प्रहरीले यस मुद्दाको अनुसन्धान गरिरहेको छ। मारियस होइबीको जन्म राजकुमारी मेट्टे-मारिट र युवराज हाकोन बीचको विवाहपूर्व सम्बन्धबाट भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.