पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन्।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए।
साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए।
उनले भने, ‘पूराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइ रहेको छ। त्यो गलत हो। पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ। नेपालको राजनीतिक व्यवस्था माथि आक्रमण भइरहेको छ।’
यस्तै, उनले वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको बताए।
उनले भने, ‘अहिले नेपालको स्वाधिनता सबैभन्दा महत्वपूर्ण विषय हो। नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो। त्यसकारण स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरुको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ।’
साथै, नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि उनको भनाई छ।
उनले भने, ‘हामीसँग अनुभव, परिपक्कता, ठोस नीति, कार्यक्रम र मुलुकलाई चलाउन सक्ने हिम्मत र अठोट पनि छ। हामी अरु पार्टीभन्दा भिजनरी पनि छांै। त्यसकारण मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी पनि हाम्रो पार्टी हो। नेपाली काङ्ग्रेसको कुरा गर्ने हो नयाँ अनुहारहरु छन् तर नयाँ नीति र भिजन भने छैन्।’







डिसी नेपाल








Facebook Comment