ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले नेकपा छाडे
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्।
नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्। रुम्जाटार गाविसका पूर्वअध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए।
नेकपा केन्द्रीय सदस्यको सपथ लिएर जिल्लाको जिम्मेवारीमा गएका गुरुङले अन्तिममा अम्बिरले नै एमाले छाडेर टिकट पाएपछि असहमति जनाएका हुन्। जुन प्रवृतिविरुद्ध लड्न नसकेर एमाले छाडे उसैले टिकट पाएपछि आफू नेकपामा बस्न नसकेको भनाइ छ।
उनले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएर आजबाटै क्रियाशील भएको घोषणा समेत गरेका छन्। सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन्।
अम्बिरबाबु र सिताराम एकै वडाका हुन्। ओखलढुंगामा अम्बिरबाबु र जिबी खड्कको टिम एमाले छाडेपछि विगतमा एमाले छाडेका निष्क्रिय बसेको नेता कार्यकर्ता भने पार्टीमा फर्केर चुनावी अभियानमा लाग्ने क्रम बढेको छ।







डिसी नेपाल








Facebook Comment