आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
२१ माघ २०८२ ९:०१
28
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बुधबार समितिको १६३ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।

आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.