मधेश प्रदेश सभाको ८ वर्ष पूरा
जनकपुर । मधेश प्रदेश सभा स्थापना भएको ८ वर्ष पूरा भएको छ । आज मधेश प्रदेश सभामा ८ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ ।
८ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल ३ सय ६५ बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालका ५ वर्षमा ९ अधिवेशनमार्फत २ सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म १ सय ३९ बैठक बसिसकेको छ ।
पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । ८ वर्षमा कुल ७० विधेयक पारित भएका छन् ।
८ वर्षको अवधिमा मधेस प्रदेश सरकारले ९ वटा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेको छ भने ६ जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । ८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिएका छन् ।







डिसी नेपाल








Facebook Comment