निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो
काठमाडौं । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्राचार गरेको हो ।
न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो ।
केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने पदस्थापनाको काम भइरहेको छ । न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आयोगमा पत्राचार गरेको थियो ।
तर आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै त्यो अवस्थामा न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरेको हो ।







डिसी नेपाल








Facebook Comment