रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु

डिसी नेपाल
२२ माघ २०८२ १६:०२
8.5k
Shares

काठमाडौं । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ ।

आलम रौतहट–२ बाट उम्मेदवार छन् । दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाडी चालक फरार भएको स्थानीयले आरोप लगाएका छन् । ठक्कर दिएको भनिएको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.