यस्तो छ,आजको तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
२३ माघ २०८२ ८:१३
72
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १८ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३६ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) २६ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३७ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ६० रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, बन्दा (नरिवल) ३५ रुपैयाँ, काउली (स्थानीय) ३५ रुपैयाँ, काउली (तराई) ३५ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) १८ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (लोकल) १९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) १३० रुपैयाँ, घिउ सिमी (राजमा) १४० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, तितो करेला १७० रुपैयाँ, लौका ७० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, सलगम ५० रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग ४० रुपैयाँ, चमसुर ४० रुपैयाँ, मेथीको साग ५० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ७० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ७० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २५० रुपैयाँ र गुन्द्रुक ३२० रुपैयाँ तोकिएको छ ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २८० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, अनार २८० रुपैयाँ, अंगुर (हरियो) २२० रुपैयाँ, अंगुर (कालो) ४०० रुपैयाँ, सुन्तला (नेपाली) १४० रुपैयाँ, तरबुजा (हरियो) ८० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) १०० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, नास्पाती (चाइनिज) २२० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.