इस्लामाबादमा ठूलो विष्फोट

डिसी नेपाल
२३ माघ २०८२ १६:५८
1.4k
Shares

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमाम बारगाहमा भएको विस्फोटमा धेरै जना घाइते भएका छन्। बीबीसी उर्दूका अनुसार केही व्यक्तिको मृत्यु भएको आशंका पनि गरिएको छ।

इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका शहजाद मलिकलाई बताएअनुसार विस्फोट इमामबाडाको आँगनमा भएको थियो।

उद्धार ११२२ सेवाका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने आईजी इस्लामाबादले शहरमा आपतकाल घोषणा गरेका छन्।

तरलाईको इमाम बारगाह खादिजातुल कुबरामा विस्फोट भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.