अभिनेता थापाको असामयिक निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

डिसी नेपाल
२४ माघ २०८२ १४:१५
48
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन्।

शनिबार विज्ञप्ती जारी गर्दै उनले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी हुन्।

थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उनको भनाई छ।

‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्ममा खलनायक र सहनायकका उम्दा भूमिकाबाट करोडौँ मन जित्न थापा सफल भएको भन्दै उनका यी हरेक चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने उनले बताइन्।

प्रधानमन्त्री कार्कीले चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने धारणा राखिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.