नेपाल बतास एमएडब्लूद्वारा इटहरीमा भोल्भो आइशर नेटवर्कको विस्तार
इटहरी। बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले गत माघ २१ गते सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर 3S (Sales, Service & Spares) फ्यासिलिटीको उद्घाटन गरेको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको छ।
उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख श्रीमती तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष श्री विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. का प्रबन्ध निर्देशक श्री शान्त राज बतास तथा VE कमर्शियल भेहिकल्स (VECV) का वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख श्री अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साथै CNI र FNCCI का प्रतिनिधि, अटोमोबाइल संघका सदस्य, बैंकर, एमएडब्लू ग्रुप, BMCV र VECV का लिडरशिप टिम, ग्राहकवर्ग तथा व्यवसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अतिथिहरूलाई स्वागत गर्दै एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. का उपाध्यक्ष हेमन्त पुराणिकले भने, “रामधुनी/इटहरीमा नयाँ 3S फ्यासिलिटी सुरु गरेर हामीले यो महत्वपूर्ण बजारमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाएका छौं। यस मार्फत् ग्राहकहरूलाई विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर सेल्स सर्भिस र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं।” फ्यासिलिटीबारे जानकारी दिँदै उहाँले इटहरी टिमलाई ग्राहकसमक्ष औपचारिक परिचय पनि गराए।
नव उद्घाटित फ्यासिलिटी दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टर सहित सञ्चालनमा आएको छ, जसले छिटो सेवा प्रदान गर्दै सवारीको अधिकतम अपटाइम सुनिश्चित गर्नेछ।
फ्यासिलिटीको प्रशंसा गर्दै रामधुनी नगरपालिकाकी उप-प्रमुख तारा थापाले भनिन्, “यस आधुनिक डिलरशिपको स्थापना यहाँको स्थानीय आर्थिक विकासका लागि महत्वपूर्ण कदम हो। यसले स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको आर्थिक तथा अटोमोबाइल क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरेको छु। यस्ता लगानीहरूले समुदायमा दिगो विकास र सीप विकासलाई टेवा पुर्याउँछ।”
कार्यक्रममा बोल्दै BMCV तथा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले समूहको अनुशासित विकास र संस्थागत निर्माणप्रतिको दृष्टिकोणलाई जोड दिँदै भने, “यो केवल अर्को एउटा डिलरशिप मात्र नभई यस क्षेत्रको भविष्यमुखि मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण पनि हो। उन्नत प्रणाली, दक्ष जनशक्ति र ग्राहक–केन्द्रित सिस्टममा लगानी गरेर हामीले ग्राहकको बदलिँदो अपेक्षा र उद्योगको आवश्यकतालाई अगाडि रहेर सम्बोधन गर्ने लक्ष्य राखेका छौं।”
उनले उत्कृष्ट ग्राहक अनुभव, गुणस्तरीय सेवा र सवारी अपटाइम बढाउन बलियो बिक्री तथा आफ्टर सेल्स नेटवर्क विस्तारमा BMCV केन्द्रित रहेको बताए। साथै, यस उद्घाटनले पूर्वी नेपालको बढ्दो ढुवानी तथा यातायात वातावरणप्रति बतास एमएडब्लू ग्रुपको विश्वास झल्काउने र यातायात व्यवसायी तथा फ्लीट अपरेटरहरूको कार्यक्षमता र नाफा बढाउन सहयोग पुग्ने उल्लेख गरे।
MAW–VECV को बलियो साझेदारीका बारेमा बताउँदै VECV का वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख श्री अमन अरोराले नेपालमा बलियो आफ्टर सेल्स सपोर्ट प्रदान गर्ने र ग्राहकको नजिकै रहने VECV को रणनीतिक प्राथमिकता रहेको बताए। उनले भोल्भो-आइशर जोइन्ट भेन्चरबारे प्रकाश पार्दै आगामी उन्नत उत्पादनहरू, BS6 सिरिज र Pro X सिरिजबारे जानकारी पनि दिए।
अतिथीहरूलाई आभार प्रकट गर्दै बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. का प्रबन्ध निर्देशक श्री शान्त राज बातासले भने, “यस उद्घाटनसँगै BMCV ले भोल्भो आइशरसँग मिलेर नेपालभर आफ्नो नेटवर्क विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय उत्पादन, भरपर्दो सेवा र विश्वसनीय सहयोग अझ नजिकबाट उपलब्ध गराउने आफ्नो प्रयासलाई निरन्तरता दिएको छ।”
पूर्वी नेपालको प्रमुख व्यावसायिक तथा ढुवानी करिडोरसँग रणनीतिक रूपमा जोडिएको यस नयाँ 3S फ्यासिलिटीले एउटै छानामुनि सवारी बिक्री, आधुनिक सर्भिस पूर्वाधार र ओरिजिनल स्पेयर पार्ट्स उपलब्ध गराउँदै सहज र समग्र ग्राहक अनुभव प्रदान गर्नेछ।
कार्यक्रमको समापन औपचारिक उद्घाटन, सवारी प्रदर्शनी तथा उद्योगका सरोकारवाला, साझेदार र ग्राहकहरूबीच अन्तरक्रिया सहितको नेटवर्किङ साँझसँगै सम्पन्न भएको थियो।







डिसी नेपाल






Facebook Comment