विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपालको पावरप्लेमा मध्यम सुरुआत
काठमाडौं। आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ।
भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले छ ओभरमा दुवै ओपनर गुमाउँदै ४७ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउदै एक सय ८४ रनको योगफल बनायो।
इङ्ल्याडका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए। त्यसैगरी कप्तान ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे।
नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो। दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन।
नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ।







डिसी नेपाल






Facebook Comment