आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौं। आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ।
सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो।
नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोड्न पुग्यो। इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४-४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे।
यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे।
यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे। बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक-एक विकेट लिए। नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछाने र शेर मल्लले १-१ विकेट लिएका थिए।







डिसी नेपाल






Facebook Comment