यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
कर्णाली । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा निर्णय गरेको छ।
बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख (अधुरो भवन निर्माण) आयोजनामा विनियोजित रु ६० लाख कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।
उनका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment