कति पुग्यो ‘आ बाट आमा’, ‘गोबर गणेश’ र ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?
काठमाडौं। चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ। फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन्।
माघ १ गते रिलिज फिल्म ‘गोबर गणेश’ को कमाइ १ करोड ४० लाख २७ हजार ७६६ रूपैयाँ पुगेको छ। फिल्मको ४९ हजार ५३१ वटा टिकट बिक्री भएका छन्। पुस ४ मा रिलिज ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २९ लाख ५५ हजार ११९ रूपैयाँ ग्रस कमाएको छ। फिल्मको ४० हजार ८९९ वटा टिकट बिकेका छन्।
‘आ बाट आमा’ सँगै एकसाथ रिलिज भएर केही दिनमै प्रदर्शन स्थगित गरिएको फिल्म ‘द ब्लु लाइट’ को कमाइ ३ लाख १९ हजार रूपैयाँ छ। यो फिल्मको ८३२ वटा टिकट बिक्री भएका छन्। गत शुक्रबार रिलिज ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइको विवरण भने आगामी सोमबार सार्वजनिक हुनेछ।







डिसी नेपाल






Facebook Comment