राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश
जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार नै रास्वपा प्रवेश गर्ने भएका छन् । पार्टीबाट धनुषा- ३ मा उम्मेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झालाई समर्थन गर्दै रास्वपामा प्रवेश गर्न लागेका हुन् ।
झा राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्षसमेत हुन् । उनले अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर आएकाले आफूले सक्दो सहयोग गर्न चाहेको बताएका छन् । झा आज साढे ११ बजे रास्वपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ।
धनुषा- ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा उम्मेदवार ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment