धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपामा प्रवेश
जनकपुर। धनुषा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणासमेत गरेका छन्।
झा राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी को केन्द्रीय उपाध्यक्ष थिए। राष्ट्रिय मुक्ति, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवारको रुपमा धनुषा क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका थिए।
बुधबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा झासहित उनका समर्थकहरूले रास्वपा प्रवेश गरेका छन्। योसँगै धनुषा क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धाले रोमाञ्चक मोड लिएको छ।
पार्टी प्रवेश गर्दै झाले वर्तमान राजनीतिक परिस्थिती र समयको मागलाई मध्येनजर गर्दै देशका युवाहरुले परिवर्तन खोजेका कारण उनीहरूको भावना र चाहनालाई सम्मान गर्दै आफूले रास्वपा प्रवेश गरेको बताए।
उनले आजकै दिनबाट राष्ट्रिय मुक्ति पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरे। झाले केही दिनदेखि आफू घरदैलो गर्दै धनुषाका विभिन्न गाउँ घर पुग्दा सबैलै रास्वपा र बालेनको नाम मात्र लिने गरेको सुनाए। उनले जनताले यस पटक परिवर्तन चाहेको बताए। उनले मधेशी युवा प्रधानमन्त्री बन्नेमा आफूले सहयोग गर्ने बताए।
कार्यक्रममा रास्वपाका प्रवक्ता मनिस झाले पार्टी प्रवेश गरेका राजिव झालाई स्वागत गर्नुका साथै उनले गरेका विभिन्न सामाजिक कार्यहरूको प्रशंसा गरेका थिए। प्रवक्ता झाले राजिव झालाई रास्वपामा सम्मानजनक स्थान दिने बताए।
पार्टी प्रवेश कार्यक्रममा झासंगै दर्जनौं नेता कार्यकर्ता तथा युवाहरुले रास्वपाको सदस्यता लिएका थिए।







डिसी नेपाल







Facebook Comment