कपिलवस्तुमा गुडिरहेको बसमा आगो लाग्यो, बस जलेर नष्ट

डिसी नेपाल
२९ माघ २०८२ १२:२९
5.7k
Shares

काठमाडौं । कपिलवस्तुमा गुडिरहेको बसमा आगो लागेको छ । तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा बिहीबार बिहान आगो लागेको हो । ना ७ ख ६०४८ नम्बरको बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यात्रुहरू भने सकुशल छन् ।

प्रहरीका अनुसार बसमा ४४ जना यात्रु थिए । बस गुडिरहेका बेला बायाँतर्फको पाङ्ग्रामा आयो लागेपछि बस रोकेर सबै यात्रुलाई ओरालिएको हो । प्रहरीका अनुसार बसमा लागेको आगो नियन्त्रणको प्रयास सफल हुन सकेन र बस आधा घण्टामा पूर्ण रूपमा जल्यो । आगलागीको कारण भने खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.